साझाट्युव : चैत १, काठमाडौं ।
शेर्पा संरक्षण समाजको ग्याल्वो-ल्होसारलाई लक्षित गर्दै ‘शुभकामना- बनभोज ‘कार्यक्रम सम्पन्न गरेको छ।
२१४९ छु फो ताग लो ग्याल्वो-ल्होसार अवसर पारेर यस समाजले काठमाडौं मिलन पार्टि प्यालेस कपनमा सनिवार शुभकामना आदान-प्रदान गर्दै भव्य,सभ्य रुपमा बनभोज कार्यक्रम गरेको थियो। यस बनभोज कार्यक्रमलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिकाले एकलाख रुपैया सहयोग प्रदान समेत गरेको थियो।
सो कार्यक्रमको संयोजन शेर्पा संरक्षण समाजका अध्यक्ष साङ्गे शेर्पाले गरेका थिए भने प्रमुख अतिथिमा काठमाडौं बुढानिलकण्ठ १० का वडा सदस्य भुपाल प्रसाद रेग्मी रहेका थिए। त्यस्तै अन्य अतिथिहरुमा समाजका सल्लाहकारहरु,प्रकृति संरक्षण अभियन्ता पिके शेर्पा ,मिडियाकर्मिहरु लगायतको उपस्थिति रहेको थियो।
शेर्पा परम्परामा आधारित खाना-परिकार,सास्कृतिक प्रस्तुति संगै शुरु भएको उक्त कार्यक्रममा ‘हिउँ रहे पानी ,पानी रहे जीवन’ भन्ने मुल नारा लिएर एसियालाई प्रतिनिधित्व गर्दै विश्व उच्च शिखरहरु आरोहण गर्ने लक्ष्य बोकेर हिडेका प्रकृति संरक्षण अभियन्ता बाबु-छोरा पिके शेर्पा र सोनाम शेर्पालाइ हौसला प्रदान गर्दै कदर-पत्रका साथ् खादा ओढाएर विशेस सम्मान गरिएको थियो। शेर्पा बाबु-छोरा यस अभियान अन्तर्गत विश्वकै सर्वोच्च शिखर सगरमाथा गत मे महिनामा चढिसकेका छन् भने यसै अभियानकालागि अन्य मुलुकको लक्ष्यमा छन्।
कार्यक्रममा समाजका अध्यक्ष साङ्गे शेर्पाले बोल्दै ‘कोभिड १९ को प्रभावले समस्त मानवनै गहिरो चपेटामा परेको थियो,अहिले भर्खर भर्खर हामि तन्ग्रिन्दै छौ ,आज यतिका वर्षपछि यो बनभोजमा भेट्ने शौभाग्य मिल्यो ,आशा छ सदैव अब हामीलाई यस्तै समय मिल्नेछ। समग्र हामि सवै शेर्पाहरु विचारसिल भएर अघि बढौ। आजको यस कार्यक्रम भव्य-सभ्य बनाउन भूमिका खेल्ने आदरणिय पदाधिकारिहरु तथा लावाहरुलाई धन्यवाद भन्दै ग्याल्वो-ल्होसारको शुभकामना व्यक्त गर्दछु ‘भने।
त्यस्तै कार्यक्रममा समाजका महासचिव मिङ्गमा शेर्पाले रोचक तवरले कार्यक्रम संचालन गर्दै ‘ शेर्पाले विश्वमा नेपालको इज्जत जोगाएको छ ,त्यसमा अझ प्रकृति संरक्षण अभियन्ता बाबु-छोराले एउटा दह्रिलो खम्वा निर्माण गर्दै हुनुहुन्छ ,उहाँहरु हाम्रो गौरव हो सवैले साथ् दिऔं ‘ भने।
यसैगरी,समाजका सल्लाहकारहरुको तर्फबाट इन्द्र शेर्पाले बोल्दै ‘ यो चाड साच्चै हाम्रो इतिहास हो ,यसको जगेर्ना अपरिहार्य छ ,सवै शेर्पाले यस हाम्रो चाडलाई हृदयमा खोप्न जरुरि छ ,सवैलाई शुभकामना ‘भने।
साथै,कार्यक्रमा सम्मानित भएपछी प्रकृति संरक्षण अभियन्ता बाबु-छोराको तर्फबाट पिके शेर्पाले ‘सम्मान त् धेरै मिलिरहेको छ ,तर आजको सम्मानले मलाइ अझ विशेस बनाएको महशुस भएको छ ,धन्यवाद ‘भने।