साझाट्युव : वैशाख २१, काठमाडौं ।
नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले नियमसङ्गत रूपमा महानगरकाे सेवासुविधा लिएकाे बताएको छ ।
बुधबार दिउँसो शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलब भत्ता लिएर भ्रष्टाचार गरेको विषयमा सञ्चारमाध्यममा समाचार आएपछि उनले आफूले नियमसंगत रूपमा महानगरको सेवासुिवधा लिएको जनाए ।
उम्मेदवार डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि आरोप लगाइएको जनाए । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा छैटौं तहको कर्मचारी भएर सेवासुविधा लिएको उनको भनाइ छ ।
यो चुनावी माहोलको बेला गरिने प्रोपोगाण्डा मात्र हो उनले जनाए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सुनिता डंगोलविरुद्ध उजुरी नपरेको जनाएको छ ।