शैक्षिक प्रमाणपत्र नक्कली भए पछि विशेष अदालतमा मुद्दा दायर

147

साझाट्युव : वैशाख २३ , काठमाडौं ।

शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली भए पछि विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा पाँचथरमा तत्कालीन शिक्षकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

पाँचथरको तुम्वेबा गाउँपालिका-४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गच्छदारविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए अनुसार गच्छदारले पीसीएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरी परेपछि उनीमाथि अनुसन्धान गरेको हो।

अनुसन्धानको क्रममा गच्छदारले नक्कली प्रमाणपत्र पेश गरी सरकारी लाभ लिएर भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको भण्डारीले जनाए ।

LEAVE A REPLY