श्रीलंकाआर्थिक संकटमा गुज्य्रो ,कागज अभाव हुँदा परीक्षा स्थगित

331

साझाट्युव : चैत ७, एजेन्सी ।
श्रीलंका अहिले गम्भीर आर्थिक संकटमा होमिएको छ । यस्तो आर्थिक संकटकै कारणले गर्दा कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेका बिभिन्न समाचार प्रकाशित भएका छन् ।

कागज अभावका कारण आजबाट सुरु हुने भनिएको विद्यालयको टर्म टेस्ट परीक्षा अनिश्चितकालका लागि रद्ध गरिएको श्रीलंकाका अधिकारीहरुलाई उद्धृत गर्दै द गार्जिएनले समाचार प्रकाशित छ । यसरि परीक्षा रोकिंदा लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा के हुने हो चिन्ता सिर्जना भएको छ ।

श्रीलंकामा वस्तु आयात गर्न डलरको अभाव छ । सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब वित्तीय संकटबाट अहिले यो मुलुक गुज्रिरहेको छ ।

श्रीलंकाको पश्चिमी प्रान्तको शिक्षा विभागले ‘कागज अभावका कारण टेस्ट परीक्षा लिन कठिन भएको छ । किनभने कागज र मसी आयात गर्ने विदेशी मुद्रा छैन ’ भनेको छ ।

यस्तै,विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्रसमेत गम्भीर रुपमा प्रभावित बनेको छ । यहाँ देशवासीले लामो समयसम्म लोडसेडिङ व्यहोर्दै आएका छन् । इन्धन किन्नेहरुको पनि पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ भने औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।

त्यसैगरी,यसै वर्ष श्रीलंकामाथि करिब ७ अर्ब डलर ऋण तिर्नुपर्ने जिम्मेदारी रहेको छ । तर ,फेब्रुअरी महिनाको अन्त्यसम्म विदेशी मुद्रा भण्डार केबल २.३ अर्ब डलर रहेको समाचार पनि सार्वजनिक भएको थियो । यसैकारण पनि आवश्यक वस्तु खरिदका लागि श्रीलंकासँग विदेशी मुद्रा अभाव रहेको तथ्यांकले देखाउँछ ।

त्यसैगरी,रुस–युक्रेन युद्धका कारण विश्व बजारमा बढेको महँगीले पनि श्रीलंका थप समस्यामा परेको छ ।

श्रीलंकाले संकट गहिरिंदै गएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग आर्थिक सहयोग मागेको थियो भने यससन्दर्भमा आईएमएफद्वारा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको आर्थिक सहयोग माग प्रति विचार गरिरहेको जनाएको छ ।

साथै,श्रीलंकाले मुख्य सहयोगी राष्ट्र चीनसँग पनि आर्थिक सहयोग मागेको समाचार सार्वजनिक भएको थियो ।

आर्थिक संकटमा गुज्रेको श्रीलंकालाइ भारतले एक अर्ब डलर ऋण सुविधा प्रदान गर्ने घोषणा बिहीबार मात्रै गरेको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे तीन दिने भ्रमणका लागि बुधबार भारतको राजधानी नयाँदिल्ली आएको बेलामा यस्तो सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

LEAVE A REPLY