श्रीलंकाका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिए

413

साझाट्युव : चैत २१ ,एजेन्सी।

हाल आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका सबै २६ जनामन्त्रीहरुले सामूहिक राजीनामा गरेका छन् ।

बीबीसीले जनाए अनुसार प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएको को हो । साथै,प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।

श्रीलंकामा चरम आर्थिक संकटका कारण नागरिकहरुको आक्रोश बढिरहेको छ भने सरकारविरुद्ध सडकमा प्रदर्शन र लुटपाटका घटना बढ्न थालेपछि देशभर कर्फ्यु जारि गरिएको छ । लगाइएको कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिइरहेका छन् । साथै,प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना पनि परिचालन गरिएको छ ।

यसरि,कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएलगत्तै सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । शिक्षामन्त्री दिनेश गुणवर्धनले जानकारी दिए अनुसार मन्त्रिपरिषदका सदस्यहरुले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

सन् १९४८ मा ब्रिटेनमा स्वतन्त्र भएपछिकै खराब आर्थिक स्थितिबाट अहिले श्रीलंका गुज्रिरहेको छ ।

LEAVE A REPLY