
साझाट्युव : ९ असार, काठमाडौं ।
श्रीलंकाले देश यतिबेला टाट पल्टिएको घोषणा गरेका छन् । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताएका छन् ।
महिनौं बाट विदेशी मुद्राको अभावमा लर्खराउदै आइरहेको अर्थतन्त्र ढलेको उनले बताए ।
देश बाहिरदेखि कुनै पनि सामग्रीहरु खरिद गर्न नसक्ने स्थितिमा भएको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने स्थिति समेत नभएको प्रधानमन्त्री विक्रमासिंघेले जानकारी दिएका हुन् ।
श्रीलंकाकामा इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै नभएर भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको जानकारी गरेका छन् ।
त्यहाँको संसदलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले समस्या यो भन्दा चर्कियो भने के हुन्छ भन्न नसकिने पनि बताए ।