साझट्युब : १८ जेठ काठमाडौं ।
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बुधबार पनि बस्दैछ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि बुधबार पनि सैद्धान्तिक छलफल हुँदैछ ।
बजेटमाथि मंगलबार पनि सांसदहरुले आफ्नो धारणा राखेका छन् । मंगलबार सांसदहरुले बोल्ने क्रम नसकिएकोले त्यसलाई बुधबार पनि निरन्तरता दिइन लागेको हो ।