संयन्त्र बनाउने कुरा सामान्य हो : नेता कोइराला

293

साझाट्युव : चैत २३ ,काठमाडौं। नेपाली काँग्रेसका नेता शेखर कोइरालाले यदि केन्द्रबाट तालमेल गर्न खोजेमा देशव्यापीरुपमा विरोध उत्पन्न हुने बताएका छन् ।

उनले पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै केन्द्रबाट तालमेल लाद्न नहुने बताएका हुन् । केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको समेत कोइरालाको भनाइ छ।

तर,फरक प्रसङ्गमा उनले पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय सही भएको बताए । कोइरालाले ‘संयन्त्र बनाउने कुरा सामान्य हो’ भने ।
यस्तै, मंगलबारसत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

LEAVE A REPLY