संवैधानिक पदाधिकारी नियुक्ती विरुद्ध मुद्दामा सुनुवाइ आजदेखि

350

साझाट्युव : चैत ९,काठमाडौं ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ती विरुद्धको मुद्दामा सर्वोच्च अदालतले आज बुधवार संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ ।

संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि पनि सर्वोच्चले सुनुवाइ गर्नेछ ।

अधिवक्ता डा. गणेश रेग्मीद्वारा दर्ता गरीएको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ती विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् ।अब दुवै मुद्दा एकसाथ अघि बढ्नेछ ।

गत शुक्रबार मात्रै संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश गरिएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक-एक घण्टा समय छुट्याएको छ । अझ अपुग भए दुवै पक्षले आधा/आधा घण्टाको थप समय पनि पाउनेछन् ।

LEAVE A REPLY