संस्कृतिविद् सत्यमोहन जोशीलाई भानु सम्मान प्रदान गरिने

291

साझाट्युव : बैशाख १३, काठमाडौँ । 

नेपाल–भारत साहित्य महोत्सवको दोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ ।सो महोत्सव वैशाख १६ देखि १८ सम्म आयोजना हुनेछ भने वरिष्ठ साहित्यकारहरूलाई भानु–तुलसी साहित्य सम्मान र वरिष्ठ सर्जकहरूलाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ

सो महोत्सवमा वरिष्ठ साहित्यकारहरू प्राडा वासुदेव त्रिपाठी, प्राज्ञ वैरागी काइँला, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्राडा गोविन्दराज भट्टराई, डा. रामदयाल राकेश र डा. राजेन्द्र विमललाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ ।

वरिष्ठ सर्जकहरू हिरण्यकुमारी पाठक, डा. गार्गी शर्मा, माया ठकुरी, प्राडा. उषा ठाकुर, डा. बेञ्जु शर्मा, प्राज्ञ उन्नति बोहरा शीला र पद्मावती सिंहलाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

सबै सम्मान आगामी २०७९ वैशाख १६ गते प्रदान गर्ने जानकारी महोत्सव सचिवालयले जनाएको छ ।

LEAVE A REPLY