सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी

301

साझाट्युव : चैत २२ ,काठमाडौं। वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ ।

स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो । यसअघि दलहरुले आन्तरिक रुपमा आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् ।

हाल भने समग्रमा कसरी जाने भन्नेबारे मापदण्ड तय गर्नका लागि बैठक बसेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी रहेका छन् ।

LEAVE A REPLY