सत्ता गठबन्धन दलबीच प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल हुने

173

साझाट्युव :२० साउन,काठमाडौँ ।

एक नेताका अनुसार आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा दलहरू सत्ता गठबन्धनका तालमेल तयारी गर्ने भएका छन् । आज बसेको बैठकमा गठबन्धनमा भएका पाँचै दल तालमेल मिलाएर चुनावमा जाने समझदारी गरेको बताए ।

त्यसै गरेर भदौको पहिलो सातासम्म सिट बाँडफाँडको टुंगो लगाउने समेत समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँडको टुंगो पनि लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदल पनि गठन गरिएको छ । भने सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका निम्ति प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेको थियो ।

प्रतिनिधिसभामा कुल १६५ र प्रदेश सभामा ३३० सिट रहेका छन् । सबै सिटहरु गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारेमा भने सहमति नभइसके पनि उनले बताए ।

बिगतमा प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित बनाएर एमालेले जितेको स्थानलाई भागबन्डा गर्नुपर्ने विषय उठेता पनि सबै ठाउँमा यो पुरानो सैली काम नलाग्ने कांग्रेसका एक नेताले बताए । अनौपचारिक छलफलका हुने क्रममा कांग्रेसले ९५ सिट र अन्य दलले ८० बाट ८५ सिट सम्म दाबी गर्ने भएका हुन् ।

LEAVE A REPLY