साझाट्युव : भदौ २६, काठमाडौं ।
बलत्कारको आरोप लागेका सन्दीप लामिछानेलाई अध्यागमन विभागद्वारा कालोसूचीमा राखिएको छ।
पिडित १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेका लामिछाने नेपाल आउनेबितिकै पक्राउ पर्नेगरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीले बताएका छन् ।
उनलाई पक्राउ गर्नका लागि जिल्ला अदालत, काठमाडौंले भदौ २३ गतेनै अनुमति दिएका थिए ।
उनि यतिबेला देश भन्दा बाहिररहेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बताए अनुसार उनले आफ्नो संलग्नता नरहेको भन्दै कानुनी सहायताका निम्ति आग्रह समेत गरेका छन् ।