सप्तकोसीले बराहक्षेत्र लगायत बेलकाका सयौं घरपरिवार जोखिममा

170

साझाट्युव : १८ साउन,सुनसरी ।

सप्तकोसीको नदी फुटेर बस्तीमा प्रवेश गरेसंगै सयौं घर परिवारहरुको बिचल्ली गरेको छ ।

अविरल वर्षाको कारण नदीमा पानीको बहाव अत्यधिक मात्रामा बढेसंगै सुनसरीको बराहक्षेत्र नगरपालिका लगायात उदयपुरको बेलका नगरपालिकाकामा रहेका सयौं घर परिवारहरुको बिचल्ली भएको छ ।

चतरा पुल मुनिको डुर्मिबोटेदेखि कोसी फुटेर उदयपुरको बेलका नगरपालिकामा प्रवेश गरेको छ ।

सप्तकोसीमा बाढि आएको अवस्थामा पनि भारतले कोसी ब्यारेजका सबै ढोका नखोले कै कारण डुर्मिबोटेबाट श्रीलंका टापुको खेतियोग्य जमिन साथै बस्तीमा समेत बाढि प्रवेश गरेको छ ।

कोसीले बाटो पश्चिमतर्फ मोडीएपछि सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका स्थानिय बासिन्दाहरु आतंकित रहेका छन् ।

कोसी ब्यारेजका ढोका भारतले नखोलेकै कारण कोसी ३९ वर्ष पश्चात नदीले पश्चिमतर्फ फर्किएको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलंका टापुका बद्री राईले जानकारी दिएका छन् । यदि कोसीलाई छिटो भन्दा छिटो नियन्त्रण यसले ठुलो जनधनको क्षति गर्ने उनको भनाई छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कोसी फुटेर पश्चिम तर्फ मोडीन्दा सयौं घरपरिवारका जनताको बिचल्ली भएको बताएका छन् । उनले बाढि प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भैरहेको जानकारी दिएका छन् ।

स्थानीय प्रशासनले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेपनि बाढि नियन्त्रणमा समस्या भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देश यादवले बताएका छन् ।

कोसी बाढि डुर्मिबोटे लगायत सिसौलीघाट, धौरी टापु, चिलिमे, श्रीलंका टापु तर्फ प्रवेश गरेसंगै यहाँका सयौं घर बाढिको उच्च जोखिममा रहेका छन् ।

यदि तत्काल कोसी ब्यारेजका सबै ढोकाहरु नखोलिए श्रीलंका टापुका बासिन्दाको ज्यान जोखिममा रहेको भन्दै स्थानीयले ब्यारेजका सबै ढोका खोल्न र फुटेको कोसी नियन्त्रण गर्नको लागि सरकारसँग माग राखेका छन् ।

LEAVE A REPLY