सबै आरोपको सामना गर्न तयार छु – सन्दीप लामिछाने

231

साझाट्युव: भदौ २४, काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफू निर्दोष भएको बताएका छन् । साथै नेपाल फर्किएर सबै आधारहिन आरोपको सामना गर्नको लागि तयार भएको सामाजिक संजालबाट उल्लेख गरेका हुन् ।

लामिछानेले लेखेका छन्,‘म निर्दोष छु र नेपालको कानुनमाथि मलाई पुर्ण विश्वास राख्दछु ।’ अहिले क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका सन्दीपले सिपीएलदेखि बिदा लिसकेको र चाँडै नेपाल आएर सबै आरोपको सामना गर्नको लागि तयार भएको समेत बताएका छन् । उनले आफूमाथि लागेका आरोप पूर्णरुपमा निराधार भएको भन्दै कानुन सबैका निम्ति समान हुनेमा आफूलाइ पूर्ण विश्वास रहेको बताएका छन्।

 

त्यसैगरी उनले लेखेका छन् ‘मैले सिपिएलबाट बिदा लिने निर्णय गरेको छु र केहि दिनभित्र देश फर्किएर सबै आधारहिन आरोपको सामना गर्नलाइ तयार रहेकोछु । यस्तै बलात्कारको मामिलामा नेपाल क्रिकेट सङ्घ (क्यान) सित पनि सहयोग मागेका छन् ।

LEAVE A REPLY