सरकारद्वारा देशव्यापी बजार अनुगमन गर्ने

142

साझाट्युव :  १५  असार, काठमाडौं ।

महँगीले थला परेकोबेला सरकारले देशव्यापीरुपमा नियन्त्रणका निम्ति बजार अनुगमन गर्ने भएको छ ।

संघ, प्रदेश,लगायत जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्रलाइ परिचालन गरेर बजारमा अनुगमन गर्ने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।

वाणिज्य मन्त्रालयको सभाहलमा बुधबार गरिएको आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले इन्धनकाे मूल्य बढेसंगै खाद्यान्न, औषधि र सेवाकाे मूल्यमा गरिएको मूल्य वृद्धिलाइ घटाउन र उपभोक्तालाई राहत दिनको लागि यस्तो निर्णय गरिएको जानकारी दिए ।

देशव्यापीरुपमा बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्नको लागि अनुगमन तथा निरीक्षण अधिकृत ताेक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिएको समेत उनले जानकारी दिए ।

LEAVE A REPLY