सरकारद्वारा लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल नियुक्ति

150

साझाट्युव : २० साउन, बुटवल ।

लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालन हुन्लाइ तयारी भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाललै नियुक्त गरिएको हो ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्ति दिएको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका स्थित सेमलार निवासी हुन् । ढकाल नेपाली कांग्रेस निकट रहेका छन् ।

त्यस्तै सरकारले बाँकेको खजुरामा प्राविधिक विश्व विद्यालयको स्थापना गर्ने तयारी समेत गरेको छ । विश्वविद्यालय सञ्चालनका निम्ति ढकालको पहिलो नियुक्ति हो ।

विश्व विद्यालय सञ्चालनका निम्ति धेरै काम गर्न बाँकी भएकाले कहिलेबाट सञ्चालनमा आउँछ भनेर निश्चित नभएको नवनियुक्त उपकुलपति ढकालले जनाकारी दिए ।

सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको अनुगमन अधिकृतमा ६ महिनाका निम्ति पत्रकार टक सुनारलाई नियुक्त गरेको छ । चुनावको मिति घोषणा हुनु भन्दा केही घण्टा अगाडी भएको मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरू औपचारिकरुपमा सार्वजनिक गरेका छैनन् ।

LEAVE A REPLY