सरकारलाई सांसदहरुले सोधे : किसानले मल र जनताले नागरिकता कहिले पाउने ?

157

साझाट्युव : २३ असार, काठमाडौं ।

आज भएको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ भैरहेको बेलामा पनि किसानले पर्याप्त मल पुग्न सकेको छैन । भन्दै सरकारलाइ ध्यानाकर्षण गराएका छन् ।

रोपाइँका सिजनमा मलको आपूर्ति हुन नसक्दा कृषि उत्पादन घट्ने भनेर किसानहरु चिन्तित रहेका छन् ।
सांसदहरुले बैठकमा बोल्दै तत्काल नागरिकता विधेयक ल्याएर गैरनागरिक भएको नेपालीलाई नागरिकता दिलाउन सरकारसँग आग्रह समेत गरेका छन् । त्यस्तै उनीहरुले नागरिकता विधेयक ल्याउँदा मुलुकको भौगोलिक संवेदनशीलतालाई समेत ख्याल राख्न सरकारको ध्यानाकर्षण गराए हुन् ।

सांसद डा डिला सङ्ग्रौला पन्थले यतिबेला देशभर रोपाइँ भैरहेको बेला पनि किसानले मल नपाएको गुनासो गर्दै किसानले अब कहिले मल पाउँछन् भनी सरकारलाइ प्रश्न गरिन् । त्यसैगरी सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडकमा प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुने गर्दछ भन्दै उक्त सडक सुधार गर्न माग समेत राखे ।

सांसद दिलकुमारीले जनताको छोराछोरीले अझै नागरिकता पाउन सकेको छैन । नागरिकता विधेयक कहिले सांसदमा पेश हुन्छ भनी प्रश्न गरिन् । त्यस्तै सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकहरुको दूरावस्था सुधार गर्नलाइ माग राखिन ।

सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता नगर्ने सरकारको निर्णयबारेमा परराष्ट्र मन्त्रालयद्वारा गरेको पत्राचारका बारेमा सदनलाई जानकारी दिनलाई सरकारको ध्यानाकर्षण गराए छन् । उनले नेपाल आइपिएसको सदस्य हुन नसक्ने भन्ने निर्णय र एमसिसी सम्झौतासँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरे÷नगरेका बारेमा जानकारी हुनुपर्ने माग राखे ।

सांसद देवप्रसाद तिमिल्सिनाले किसानहरुलाई मल उपलब्द गरिदिन सरकारकालाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए हुन् । सांसद देवेन्द्रराज कँडेलले कोरोना सङ्क्रमितले बीमाबापतको रकम नपाएको र बीमाको रकम भुक्तानी नदिने बीमा कम्पनीलाई कारबाही गर्न माग राखे ।

सांसद नवराज सिलवालले गैरनागरिकलाई नागरिकता प्रदान गर्ने विधेयक ल्याउन नहुने भनेका हुन् । ‘नेपाली नागरिकले नागरिकता पाएको छैन भने उनीहरुलाई तत्काल नागरिकता दिनुपर्छ । ‘हाम्रो छिमेकमा धेरै जनसङ्ख्या भएका मुलुक छन्, गैर नेपालीले नागरिकता नपाउनेतर्फ सरकार सशी सचेत हुनुपर्छ उनले भने ।’

सांसद निरुदेवी पालले किसानहरुले मल, नेपाली नागरिकले नागरिकता र विद्यार्थीहरुले पाठ्यपुस्तक समयामा नपाएको विषयलाई तत्काल सरकारकोले सम्बोधन गर्नुपर्छ उनले भनि । त्यस्तै सांसद पद्मकुमारी अर्यालले जनसरोकारका विषयलाइ सम्बोधन गर्न सरकारले कुनै त्यस्तो ध्यान नदिएको बताइन् ।

चालु आवस्थामा निर्माणाधीन रहेका विभिन्न २३१ आयोजनालाई बजेट कटौती गरिएको उल्लेख गर्दै उनले ती आयोजनालाई तत्काल बजेट विनियोजन गर्नको लागि आग्रह पनि गरिन् । सांसद पुष्पा भुसाल गौतमले महँगीलाइ नियन्त्रण गर्नको लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले विप्रेषणको सदुपयोग गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान साझा सङ्कल्प पारित गर्न आग्रह समेत गरिन् ।

त्यसैगरी सांसद पोल्देन छोपाङ गुरुङले लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध हुने भइरहेकोले तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद प्रेम सुवावले नगरकोट र दुवाकोट सडक तत्काल निर्माण सम्पन्न गरी पर्यटकीय क्षेत्रमा हुने आवातजावतलाई सहज गराईदिनलाइ माग राखे ।

LEAVE A REPLY