साझट्युब : १९ जेठ, काठमाडौं ।
नेकपा(एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले आयातलाइ घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् ।
बिहीबारबसेको प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा बोल्दै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्वलाइ बढाउन नसक्ने बताएका हुन् ।
आयातमा राजस्वको ठुलो हिस्सा निर्भरहुने भएको आयात घटाएर राजस्व बढाउन नसकिने उनले बताएका हुन् । सांसद ज्ञवालीले सेनिटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुल – ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको भनेका हुन् ।
उनले भने ‘एकातिर आयात घटाउँछु भन्ने , अर्कोतिर राजस्व बढाउँछु भन्ने । जबकी हाम्रो राजस्वको अत्याधिक ठुलो हिस्सा आयातमाथि निर्भर छ । कयौँ चिजहरु यस्तो छ जहाँ निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी ल्याएको देखिन्छ । सेनिटरी प्याडको, विद्युतिय सवारी साधनको बारेमा जेजस्ता कुराहरु बजारमा आइरहेका छन् यसअघि नै रेकर्ड भइसकेको भएकोले म दोहो¥याउन चाहान्न । पुँजिगत खर्च घटाएको छ । करिब २१ प्रतिशत छ । २१ प्रतिशत पुँजिगत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि यसको निम्ति त नयाँ आडम स्मिथ खोज्नुपर्ने हो कि ? नयाँ माक्र्स खोज्नुपर्ने हो ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबमात यो कुरा कहीँ हुन्छ जस्तो मलाई लागेको छैना ।’
ज्ञवालीले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गइरहेको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको पनि बताएका छन् ।