सरकारले इम्बोस्ड नम्बर प्लेटमा नागरिकलाई ठग्न खोजिएको आरोप

148

साझट्युब : २४ जेठ, पोखरा ।

पोखरा नेपाल उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्च गण्डकीले सरकारले इम्बोस्ड नम्बर प्लेटमा नागरिकलाई ठग्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

संघका प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला र मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले निकालेको संयुक्त विज्ञप्तिमा औसतमा १ हजार ८७५ रुपैयाँ पर्ने इम्बोस्ड नम्बर प्लेटका लागि सरकारले ३ हजार १ सय रुपैयाँ उठाउन खोजेको भन्दै आपत्ति जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘करिब २५ लाख सवारी साधनमा यो नम्बर जडान गर्नको लागि ४ अर्ब ६८ करोड ५२ लाख ६२ हजारमा ठेक्का दिएको छ, ‘यस्तोमा औसत १ हजार ८७५ रूपैयाँप्रति सवारी साधन पर्नेमा जनतासँग औसतमा ३ हजार १०० रुपैयाँ प्रति साधन उठाउन खोजिनु भित्रको रहस्य के हो ?’

देश संघीयतामा गइसकेका कारण सवारी साधन दर्ता र नम्बर प्लेट दिने अधिकार प्रदेशमा आउनुपर्नेमा रातारात यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने भनी गरेको निर्णय बदनियतपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY