सरकारले मिटरब्याजको बारेमा अपराध नियन्त्रणका गर्ने

304

साझाट्युव : २७ साउन, काठमाडौं ।

सरकारले मिटरब्याजको बारेमा अपराध नियन्त्रणका निम्ति कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल साथै गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी बारेमा समस्या समाधानका निम्ति उपायहरू थाहागरेर अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याएर भविष्यमा यस्ता अपराध हुन नदिनलाइ आवश्यक पहल लिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयदेखि गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।

यसैगरी कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् ।

कार्यदलका सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्का तोकिएको छ ।

कार्यदललाई मिटरब्याजी समस्या धेरै भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू साथै समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न रहेका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनलाइ अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो खालको अपराध न्यूनिकरण गर्नलाइ अबलम्बन गर्नुपर्ने उपायहरूका विषयामा सिफारिससहितको प्रतिवेदन पेश गर्ने आदि कार्यादेश दिइएको छ ।

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउनलाई कार्यादेश दिइएको गृहमन्त्रालयले बताएको छ ।

LEAVE A REPLY