साझट्युब : २४ जेठ, काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याएको जनाएका छन् । यस्तै सरकारले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।
मंगलबार प्रतिनिधि सभामा बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिदै गृहमन्त्री खाणले २५ वर्षमुनिका युवाहरु संलग्न रहेको जनाए ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्कारबारे प्रश्न उठाएका थिए । त्यसको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले घटनामा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने बताए ।
घटनामा १६ देखि २५ वर्षका पुरुष समेत संलग्न भएको पाइएको भन्दै गृहमन्त्री खाँणले भने, ‘यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने माननीयहरुको मागप्रति सकारात्मक छु ।’