सरकार अर्थमन्त्रीको कमजोरी ढाकछोप गर्न गभर्नर हटाउन लागि परेको छ: पूर्वमन्त्री खतिवडा

316

साझाट्युव : चैत २५,काठमाडौं।
पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले अहिलेका सरकारका अर्थमन्त्रीको कमजोरी ढाकछोप गर्नलाइ गभर्नर हटाउन लागि परेको बताएका छन् ।

आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रमा बोल्नेक्रममा पूर्वमन्त्री खतिवडाले ‘अहिले पनि काँग्रेसले सिकेन, पहिलेको घटनाबाट सिक्नुपर्ने हो तर भएन । यसअघि जसरी गभर्नर माथि कारबाही गरिएको थियो, हामीलाई नोट छाप्न निकै कठिन भएको थियो । कित राजाको श्रीपेच भएको नोट चलाउनु पथ्र्यो कित चुप लागेर बस्नु पर्ने अवस्था बनेको थियो । फेरि सरकार सोही घटना दोहोर्याउने पथमा अघि बढेको छ । यसले मुलुकलाई थप संकट ल्याउनेमा कुनै दुविधा छैन’ भने ।

साथै,उनले सरकारको गल्तीको ढाकछोप गर्नकै लागि यस्तो कदम चालिएको भन्दै यस्तो गल्ति नगर्न आग्रह समेत गरे ।

LEAVE A REPLY