साझट्युब :१० जेठ, काठमाडौं ।
आज बसेको प्रतिनिधिसभा बैठक अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुकोे नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदुतद्वय मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदुतको नाम अनुमोदन गरेको बताउनु भयो ।