सलमान खानलाई बन्दुक राख्‍न अनुमति

262

साझाट्युव : १६ साउन, मुम्बई ।

सलमान खानलाई मुम्बई पुलिसले बन्दुक राख्‍न अनुमति पत्र जारी गरेको छ ।

सलमान खानलाई गुण्डागर्दी गर्नेहरुले ज्यान मार्ने धम्की दिएको हुँदा प्रतिरोधका निम्ति बन्दुक राख्‍न अनुमति पाउनका लागि आवेदन दिएको सोमबार एक अधिकारीले जानकारी दिएका थिए ।

 

लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले सलमान खानको सुरक्षा बढाएको थियो । उनले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नाङ्गे पाटिलसित भेटवार्ता गरेका थिए ।

सलमानले दिएको आवेदनका आधारमा प्रहरीले उनलाई बन्दुकको लाइसेन्स जारी गरेको अधिकारीले जानकारी दिएका हुन् । सलमान र उनका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जून महिनामा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको थियो ।

मुम्बई प्रहरीको एक टोलीले यो मुद्दाको बिशयामा दिल्लीमा बिश्नोईलाई केरकार समेत गरेको ती अधिकारीले बताए ।

 

 

LEAVE A REPLY