सलमान खान त्रिदेव’को‘ रिमेकमा खेल्दै

257

साझाट्युव :  २० साउन, मुम्बई ।

एक समयको हिट भएको फिल्म ‘त्रिदेव’को रिमेक बन्ने भएको छ । यो फिल्मको निर्माता तथा निर्देशक राजीव रायले फिल्मको रिमेकका निम्ति सलमान खानलाई मनाएको खबर आएको छ ।

सन् १९८९मा रिलिज भएको निकै हिट रहेको यो फिल्ममा सन्नी देओल, ज्याकी श्राफ साथै नसिरुद्दिन शाह मुख्य भूमिकामा रहेका थिए । फिल्ममा सोनम र माधुरी हिरोइनको रहेका थिए ।

रिमेकको निर्देशन भने राजीव राय स्वयंले गर्ने छैनन् । यो फिल्ममा नयाँ निर्देशक लिने साथै फिल्मलाई नयाँ शैलीले निर्माण गर्ने सलमान र रायबीच सहमति भएको समाचारमा उल्लेख रहेकोछ ।

सलमानले हालै ‘भाइजान’को सुटिङ सकाएका हुन् भने ‘टाइगर ३’ उनको रिलिजका निम्ति तयारिमा रहेको फिल्म हो । सलमानले ‘नो इन्ट्री’को सिक्वेलका निम्ति पनि समय दिएको समाचारमा उल्लेख छ । अनिस बज्मीले निर्देशन गर्ने फिल्ममा अनिल कपुर र फरदिन खान समेत रहनेछन् ।

 

LEAVE A REPLY