सशस्त्र प्रहरी बल हलचोकद्वारा अभियान्ता शेर्पा बाबु-छोराद्वय आज सम्मानित

425

साझाट्युव : चैत १७ ,काठमाडौं।

प्रकृति संरक्षण अभियान्ता शेर्पा बाबु-छोराद्वयलाई सशस्त्र प्रहरी बलले आज बिहिबार सम्मान गरेको छ।

‘जहाँ हिउँ त्यहाँ पानी, जहाँ पानि त्यहाँ जिवन ,प्रकृति जोगाउँ, जलवायु परिवर्तन र बिश्व तापमान न्यूनीकरण गरौं’ भन्ने नारा सहित विश्व उच्च हिमाल आरोहण गर्ने अभियानमा होमिएका पिके शेर्पा र उनको छोरा सोनाम शेर्पालाई सशस्त्र प्रहरी बलको झण्डा गत वर्ष मे.२३ मा सगरमाथामा फहराई दिए बापत सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको हातबाट सशस्त्र प्रहरी बल प्रधान कार्यलय हलचोकमा सम्मान गरिएको हो।

महानिरीक्षक खनालले नै हस्तान्तरण गरेको सशस्त्र प्रहरी बलको झण्डा पिके शेर्पा र उनको छोरा सोनाम शेर्पाले गत वर्षको मे.२३ मा विहान ७:३० बजे विश्वको अग्लो शिखर सगरमाथामा फहराइ दिएका थिए। यसैबापत उनीहरुलाई आज सम्मान गरिएको हो।

शेर्पा बाबुछोरालाई त्यहि समयमै सम्मान गरिने कार्यक्रम थियो ,तर पिके शेर्पाको अभियानकै क्रममा झापामा बाइक दुर्घटना भएर घाइते भएपछी सम्मान कार्यक्रम स्थगित भएको थियो। हाल शेर्पाको स्वास्थ्यमा सुधार आएपछि सम्मान गरिएको हो।

LEAVE A REPLY