साउन १ देखि अनिवार्य इम्बोस्ड प्लेट नजोड्ने सबैलाई कारवाही हुन्न

168

साझट्युब : २४ जेठ, काठमाडौं ।

यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कार्तिक २०७८ को राजपत्रले तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको स्पष्ट गरेको छ ।

विज्ञप्तिमा उल्लेख गर्दै राजपत्रमा प्रकाशित सूचना बमोजिम ज-जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको जनाएको छ । ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन, सिमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’ हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टाेरमा रहेको विभागले जनाएको छ । इम्बाेस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।

LEAVE A REPLY