सामाजिक सञ्जालमा प्रचण्डलाई जुत्ता हान्छु भनेर लेख्ने पत्रकार पक्राउ

266

साझाट्युव : वैशाख २५, घोराही।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने एक जना पत्रकारलाई आज पक्राउ गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढाले सामाजिक सन्जालमा ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर पोस्ट गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाईलाई पक्रेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।

पक्राउ परेका बुढा माओवादी त्यागेर तुलसीपुरबाट एक अनलाइन सन्चालन गर्दै आएका छन् । यसअघि यौन हिंसा पीडित राउटे युवतीको पहिचान सहितको तस्वीर र भिडियो आफ्नो युटुब च्यानल र अनलाइनबाट सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्रेको थियो ।

उनले गठबन्धनबाट घोराहीको मेयरमा उठेका माओवादी नेता हेमराज शर्मा (डायमण्ड)ले अकुत सम्पत्ति कमाएको आरोप लगाउँदै सामाजिक सन्जालमा विवादित कुरा लेख्दै आएका छन् ।

एसपी काफ्लेले बुढामाथि विद्युतीय कारबाही ऐन अनुसार कारबाही हुने बताए ।

तुलसीपुरका मेयर उम्मेदवार एवम् एमाले नेता घनश्याम पाण्डेले भने पक्राउ परेका बुढालाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

LEAVE A REPLY