सासूको हत्या आरोपमा बुहारी पक्राउ

171

साझाट्युव : चैत ११,दाङ ।

दाङमा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छिन्।

इलाका प्रहरी कार्यालय खिलतपुरले जनाए अनुसार यसरि पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेकी छिन्।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन चुँदालीले बताए अनुसार ६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरिएको छ । पक्राउ परेकी बुहारीले पनि सासू गंगीको हत्या गरेको स्वीकार गरिसकेको छ ।

केही समय यता सासू-बुहारीबीच मनमुटाव हुँदै आएको र सोही क्रममा मंगलबार सासू गंगी खेतमा काम गरेर फर्कने बेला बिहान ९ बजे जमुनाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट नै खुलेको छ ।

सासु गंगीको शव मंगलबार शान्तिनगर गाउँपालिका-६ स्थित कोरबाङको नर्सरीमा फेला परेको थियो । मृतकका छोरा भने रोजगारीको सिलसिलामा स्याङजा छन् ।

LEAVE A REPLY