सिन्धुलीमा निर्माणाधीन पुल बाढीले बगायो

341

साझाट्युव : चैत २१ ,काठमाडौं। सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगाएको छ ।

यसरी आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल बगाएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले बताए।

अध्यक्ष थापाले भने, ‘पानी निकास गर्न खोलामा साँघुरो पारेर ह्युमपाइप राखिएको थियो । जसका कारण केही समय बाढी थुनिन पुग्यो । पानीको सतह बढेर एक्कासी फुट्दा ढलानका लागि ठिक्क पारिएको संरचना बगाएको हो ।’ उनले बताए अनुसार लामो समयको प्रतिक्षापछि बन्दै गरेको पुल बगाउँदा स्थानीयहरु चिन्तित बनेका छन्।

निर्माणाधीन पुलको संरचना बाढीले बगाउँदा करिब तीन करोड बराबरको क्षतिभएको आकलन निर्माण कम्पनीले गरेको उनले जानकारी दिए ।

यस्तै ,प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको थियो ।

LEAVE A REPLY