सिलिचुंग(टिटिएस) कृषि सहकारीको संस्थागत परामर्श कार्यक्रम सम्पन्न

342

साझाट्युव : वैशाख १७, काठमाडौं ।

२६औं रास्ट्रिय चिया दिवस – २०७९ को अवसरमा थामडाँडा- टेम्के – सिलिचुंग(टिटिएस) कृषि सहकारीको संस्थागत परामर्श कार्यक्रम भव्य सभ्य सम्पन्न भएको छ ।

ललितपुर स्थित ढोलाहिटी, डाँफेमार्गमा बिहिबार दिउँसो ३ बजे सुरु भएको कार्यक्रममा टिटिएसका अध्यक्ष गणेश राई , पूर्व मंत्री कृपाशुर शेर्पा ,चिया विज्ञ इशु संकर श्रेष्ठ, सबभन्दा कान्छो पर्वतारोही सोनाम शेर्पा, कृषि यन्त्र उद्धमी गोबिन्द भक्त श्रेष्ठ, टिटियस् वजार संयोजक बिशाल पाण्डे, अर्थ विज्ञ रुद्र सुवाल, पूर्व बिधुत प्रबिधिकरण डाईरेक्टर शान्ति लक्ष्मी शाक्य, भू संरक्षण विज्ञ श्यामसुन्दर श्रेष्ठ, रसायनशास्त्री माया खड्का, बिमा विज्ञ सुर्य बहादुर राई , समचार विज्ञ तिर्थ प्रसाद भट्टराइ, लगायत शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

“सबैभन्दा उचाईको सबै भन्दा गुणस्तरीय चिया” भन्ने मूल नाराका साथ चियाको मिठो स्वाद संगै अघि बढीरहेको टिटियस् को स्थापना २०७० मा भएको हो ।

 

यसका सस्थापक जन्मदाता समेत रहेका गणेश राईले ‘ देशको मलिलो माटो प्रयोग गर्दै सवैलाइ रोजगारी,परिश्रमी बनाउने उद्देश्यले हामीले यो सस्था निर्माण गरेका थियौं। साच्चै आज गर्व लागेको छ। यस कार्यले भविष्यमा देशलाई विश्वमा चिनाउने कार्यमा पनि टेवा पुग्नेछ भन्ने विस्वास छ ‘ भने।

सो परामर्श कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान- प्रदान गरिनुका साथै भित्ते पात्रो पनि वितरण गरिएको थियो।

चिया पानको समेत व्यवस्था गरिएको कार्यक्रममा सस्थाको भावी योजनामा विशेष छलफल गरिएको थियो।
यसैगरी, सस्थाको सिम्बोलिक झण्डालाई सगरमाथामा फ़र्फ़राएको प्रति हिमाल सरसफाई युवा अभियन्ता सोनाम शेर्पालाई पृथक तवरले तालि बजाएर सम्मान पनि गरिएको थियो।

सम्मानित युवा अभियन्ता शेर्पाले खुशी व्यक्त गर्दै ‘ आज साच्चै सम्मानले बाचुन्जेल झण्डाहरु फहराइरहन पाउँ भन्ने लागेको छ ‘ भने।

हालसम्म टीटीएस सस्य्थामा ५०० भन्दा बढी शेयर होल्डरहरु रहेका छन् ।

पुरा भिडियो हेर्नुहोस:

LEAVE A REPLY