सुनको भाउ चार सय रुपैयाँले घट्यो

381

साझाट्युव : चैत १९ ,काठमाडौं।

सुनको भाउ आज आइतबार चार सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार मात्रै सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,आइतबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

साथै,शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे पनि महासंघले जनाएकाे छ ।

LEAVE A REPLY