सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ

146

साझाट्युव : वैशाख २३ , काठमाडौं।

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ, भने बिहिबार ९८ हजार ६ सय रुपैयाँमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । तेस्तै ,आज सेतो धातु चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

हिजो बिहीबार तोलामा १५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ तोलामा खरिद बिक्री भएको चाँदीको आजको खरिद बिक्री मूल्य १२ सय ८० रुपैयाँ भएको छ ।

LEAVE A REPLY