सुनसरी र सप्तरीमा बाढीको खतरा कोसी तटीय क्षेत्रमा उच्च सतर्कता

219
साझाट्युव : २१ साउन, काठमाडौं ।

सप्तकोशी नदीको अस्वभाविक रुपमा बढ्न सक्ने खतरालाई ध्यानमा राख्दै सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको हो ।

अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक रुपले बढेको देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको बताएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको जानकारी दिए ।

वराहक्षेत्रको नदीको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा भएको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी स्थितिमा भएको उनले बताए । बराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा शतर्कता तह पार गर्ने सम्भावना देखिएकाले तटीय क्षेत्रसहित त्यसको आसपासमा सावधानी बढाइएको बताए ।

प्रजिअ यादवले उक्त नदिको बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने भएकाले ब्यारेजमा समेत शतर्कता अपनाएको बताए । कोशीको बाढीलाई बिशेष ध्यानमा राख्दै सप्तरीतर्फ पनि प्रशासनले हाईअलर्ट वास्थामा राखेको बताए ।

जी प्र का सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा समेत हाईअलर्ट जारी गरिएको बताए । कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइएता पनि नदीको सतहमा बालुवा थुप्रिएको कारण ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् ।

त्यसतै सुनसरी अनि सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेको भएकोले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह पनि गरेको छ ।

LEAVE A REPLY