सुन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार

182

साझाट्युव : बैशाख १३, काठमाडौँ । 

आज मंगलबार सुन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोही दिन सुन प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। केही दिनयता सुन र चाँदीको भाउ ओरालो लागेको छ।

आज चाँदी प्रतितोला १३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो साताको मंगलबारको तुलनामा आज ९० रूपैयाँ घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY