सुर्खेतमा पैसा बाँड्दै गरेको अवस्थामा एमालेका उम्मेदवार नियन्त्रणमा

148

साझाट्युव :  २९ वैशाख, सुर्खेत । 

गुर्भाकोट नगरपालिका ११ आँपसोतीबाट एमालेका वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको छ ।

मौन अवधिको बेला पैसा बाँड्दै गरेको भन्ने स्थानीयबासीले प्रहरीलाई सूचना दिएका थिए । तेस्कै आधारमा विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ ।

बुधबार मध्य राति गुर्भाकोट मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा उम्मेदवार विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले विसीबाट नगद १ लाख १२ हजार रुपैयाँ पनि बरामद गरेको छ । ‘पैसा बाँड्न लागेको भन्ने स्थानीयका सूचना गरेपछि प्रहरी त्यहाँ गएको हो’घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY