सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा नेपाली कांग्रेस प्यानलै विजयी

390

साझट्युब : ३१, वैशाख, सोलुखुम्बु । 

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार पर्खिधन राईको प्यानलै विजयी भएको छ ।

शनिबार दिउँसो सम्पन्न वडा नं १ मतपरिणाम अनुसार पर्खिधन राईले ६४६ मत ल्याएर विजयी बनेका हुन् ।
उनीसहित देवनारायण राई, कर्मा शेर्पा, इन्द्र कुमारी राई र हिरामाया विक विजयी हुनुभएको हो ।

वडाअध्यक्ष राईका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी निर कुमार कुलुङले ४४३ ल्याए भने नेकपा एमालेका उम्मेदवार तिमल कुमार राईले २३४ मत पाउनुभएको छ ।

१३९८ मत गणना हुदा कांग्रेसका पालिका उम्मेदवारको अग्रता छ ।
कांग्रेसका सुर्य कुलुङले ६१० मत ल्याउदा माओवादीका सागर किराँतीले ४९२ मत र एमालेका भक्त राईले २०७ मत प्राप्त गर्नुभएको छ ।

LEAVE A REPLY