
साझट्युब : ३१, वैशाख, सोलुखुम्बु ।
सोलुखुम्बुका कार्यकर्तासोताङ गाउँपालिका मा नेपाली कांग्रेस र (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार साँझ भएको झडपमा परी एक जनाको मृत्यु भएको छ ।
स्थानीय तहको निर्वाचनको मतदान कार्यक्रम सक्काएपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच विवाद हुदाँ नेपाली कांग्रेस कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारले गम्भिर घाईते भएका ३५ बर्षीय सुदिप राईको उपचारको क्रममा शुक्रबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
मतदातालाई घर लैजाने विषयमा भएको विवादले उग्ररुप लिएपछि दूईपक्ष विच झडप भएको थियो । झडप कै बिच कांग्रेस कार्यकर्ताले प्रहार गरेको ढुङ्गा लागेर राई गम्भीर भएका थिए । झडपमा कांग्रेस समर्थक कार्यकर्ता पनि घाईते भएको बताईएको छ ।