स्थानीय तहको उम्मेदवार बन्नलाइ २१ वर्ष हुनुपर्ने

326

साझाट्युव : चैत १६ ,काठमाडौं।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्नलाइ २१ वर्ष उमेर पुरा पुगेको हुनुपर्ने भएको छ । बुधबार निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान राखेको हो ।

यस सन्दर्भमा उम्मेदवारले मनोनयन दर्ता गर्दा मनोनयन पत्रका साथ २१ बर्ष पुरा भएको हुनुपर्ने साथै नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने व्यवस्था आयोगले राखेको छ ।

त्यसैगरी, स्थानीय तहलाई कुनै नगद वा जिन्सी बुझाउन बाँकी नरहेको, बेरुजु नरहेको पनि हुनुपर्नेछ । साथै, कैद सजाय, जरिवाना तिर्न वा बुझाउन बाँकी नरहेको, स्थानीय तहको कुनै ठेक्कापट्टामा संलग्न नरहेको हुनुपर्ने समेत आयोगको निर्देशिकामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY