स्थानीय तहको निर्वाचनका लागि एमालेले चैत मसान्तभीत्र उम्मेदवारहरुको नाम सिफारिस गर्ने

270

साझाट्युव : चैत १०,काठमाडौं ।
नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि यहि चैत मसान्तभीत्र उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले एक महिलासहित ३ जना उम्मेदवारहरु सिफारिस गर्नुपर्ने मापदण्ड पनि पास गरेको छ ।

पार्टिको निर्णयअनुसार वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने त्यसमा जिल्लाले निर्णय गर्नेछ । साथै,पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिस गर्नेछ र प्रदेशले निर्णय गर्ने छ ।

साथै,महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका, जिल्ला र प्रदेशले सिफारिस गर्नेछ भने केन्द्रीय कमिटीले निर्णय गर्ने व्यवस्था छ ।

LEAVE A REPLY