स्थानीय तहको निर्वाचनमा १ लाख ४१ हजार ४६८ जना उम्मेदवार

204

साझाट्युव : बैशाख १३, काठमाडौँ । 

आसन्न स्थानीय तह  निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांक अनुसार प्रमुख पदमा ३ हजार ३१८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी अध्यक्ष पदमा ३ हजार ३०६ जना , उपाध्यक्ष पदमा २ हजार ३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने यता, वडा अध्यक्ष पदमा मात्र ३३ हजार १११ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २४ हजार २८३, दलित सदस्यमा २१ हजार ९७९ र सदस्य पदमा सर्वाधिक ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

LEAVE A REPLY