साझट्युब : ३०, वैशाख, काठमाडौं । बिहान ७ बजेबाट सुरु गरेको स्थानीय निकायको निर्वाचनमा कलाकारहरुको पनि सक्रिय भएर लागेता सहभागी जनाएका छन् । ५ वर्षपछि भएको निर्वाचनमा मह जोडीदेखि आँचल शर्मालगाएत धेरै कलाकारहरुले भोट हाले ।
गएकोसाल भन्दा यो सालको स्थानीय निकायमा नेपाली कलाकारको चासो धेरै रह्यो । काठमाडौँमा गायन क्षेत्रको प्रतिनिधित्व गर्दै बालेन शाहले स्वतन्त्र उम्मेदवार दिएपछि कलाकारहरु उनको पक्षमा खुलेर लागे । सञ्चिता लुइँटेल, ऋचा शर्मा, स्वस्तिमा खड्का, निश्चल बस्नेत आदिले दिनदिनै बालेनको पक्षमा भोट अपिलपनि गरेका थिए ।
‘लो प्रोफाइल’मा रहने स्थानीय निर्वाचनमा कलाकारको पार्टी प्रवेशले पनि कलाकारलाई चुनाव लागेको आभाष गर्यो । चुनावको मुखमा करिष्मा मानन्धर एमाले प्रवेश गरिन् भने भुवन केसी, श्वेता खड्का कांग्रेसमा प्रवेश गरे छन् ।
पार्टी प्रवेशपछि आफ्नो पार्टीलाई जिताउन उनीहरूले होडबाजीमा लागेको पनि देखियो । राप्रपाकी केन्द्रीय सदस्यरहेका रेखा थापा राप्रपाको पक्षमा माहोल बनाउन पूर्वदेखि पश्चिमसम्मको मन्चमा पुगिन् भने करिष्मा पनि केपी शर्मा ओलीसँगै धेरै कार्यक्रममा सहभागी भएर गएकी थिइन् । त्येसैगरि चुनावको मुखमा कांग्रेस प्रवेश गरेका भुवन केसी पनि ‘म नेपाली बाबु’ भन्दै केही ठाउँका मतदातालाई रिझाउन पुगे ।
तस्बिर: कलाकारको फेसबुक