स्थानीय तहको निर्वाचन निश्पक्ष नभएको ओलीको आरोप,

306

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ अनि निष्पक्षकोसाथ हुन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै अध्यक्ष ओलीले गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको जिकिर गरेका हुन् ।

सत्तापक्षको धाँधलीले गर्दा १४ दिनसम्म पनि परिणाम आउन नसकेको भन्दै उनले गठबन्धनले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम कुनै गन्तव्यबिहिन भएको भन्दै चास्नीमा नडुबाएको जेरिजस्तो भएको टिप्पणी गरेका छन् ।

एमालेलगायतका दलले विगतमा ल्याएको नीति अनि कार्यक्रमलाई कांग्रेसले सुरुमा विरोध गर्दै आएको र पछि गएर त्यही नीतिलाई अँगाल्ने गरेको ओलीले बताएका थिए ।

उनले भने हिम्मत भए एमालेले अघि बढाएका नीति र कार्यक्रमलाई सुरुमा विरोध गरेर पछि त्यसैलाई काँग्रेसले अँगालेको भन्दै हटाउनलाइ पनि चुनौती दिएका हुन् ।

त्यसैगरी कांग्रेससँग सत्ताभोग केन्द्रित नीतिबाहेक देश र जनताका निम्ति त्यस्तो कुनै नीति अनि कार्यक्रम नरहेको उनको जिकिर थियो ।

अध्यक्ष ओलीले नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने रहेको भन्दैअर्काको गुँडमा अण्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त देखिएकोभनि टिप्पणी गरेका हुन् ।

त्यस्तै उनले चुनावमा जित÷पराजित स्वाभाविक कुरा हो तर पनि सत्ता पक्षले एमालेलाई सिध्याउँछु भनेर लागिपरेको भन्दै सिध्याउँछु भन्ने हक कहाँदेखि आयो भनि प्रश्न गरेका थिए ।

नेकपा एमाले सशक्त प्रतिपक्ष रहेको र छिट्टैनै सरकारमा आउन सक्ने ओलीको दाबी थियो । भने उनले प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले हालै अमेरिकी सहायकमन्त्रीले नेपालका गुम्बाको भ्रमण गरेकोमा पनि आपत्ति जनाएका छन् । आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको प्रसंग सुनाउँदै उनले कसको पक्ष र विपक्षमा इजाजत दिएको भनी सरकारसँग प्रश्न गरेका थिए ।

एउटा सहायक विदेशमन्त्री आउँदा काँप्ने सरकारदेखि स्वाधिनताको रक्षा हुन नसक्ने ओलीको ठोकुवा थियो । उनले भने नेपालले एक चीन नीतिमा प्रतिवद्धता जनाएको भन्दै छद्म नीति नलिन आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले नेपाल एक चीन नीतिमा छ कि छैन भनेर प्रधानमन्त्री देउवासँग जवाफ माग गरेका थिए । त्यसैगरी भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो, कि होइन भनि सरकारसँग प्रश्न गरेका थिए ।

LEAVE A REPLY