स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँ बीमा

369

साझाट्युव : चैत ३, काठमाडौं ।
निर्वाचन आयोगले २०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए अनुसार निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको हो ।

त्यस्तै,आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि बिहीबार ६ वटा प्याकेजमा बोलपत्र आह्वान समेत गरेको छ ।
यसैगरी,स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ भने केन्द्र र प्रदेश सरकारका मन्त्रीहरुसँगै स्थानीय कार्यापालिकाका पदाधिकारीहरु पनि अन्य उम्मेदवारको चुनाव प्रचारमा सहभागी हुन नपाउने भएका छन् ।

LEAVE A REPLY