स्थानीय तह निर्वाचन : उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना

170

साझाट्युव : बैशाख १३, काठमाडौँ । 

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ ।

निर्वाचन आयोगले मंगलबार अपरान्ह ३ :१५ बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार ५४२, मधेसमा ३८ हजार ७८७, बागमतीमा २४ हजार ३३, गण्डकीमा १२ हजार ७८७, लुम्बिनीमा २३ हजार ४९, कर्णालीमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाको उम्मेदवारी परेको छ ।

 

हालसम्म प्रमुख पदमा ३ हजार ४३० जना, अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाध्यक्षमा ३४ हजार ३५७ जनाको उम्मेदवारी पर्दा बाँकी पदमा महिला सदस्य, दलित सदस्य र खुला सदस्यको उम्मेदवारी परेको छ ।


निर्वाचनबाट देशभर ७ पदमा कुल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । आयोगले उम्मेदवारको संख्या अझै बढ्ने र विवरण संकलनको कार्य जारी रहेको जनाएको छ ।

LEAVE A REPLY