स्थानीय निर्वाचन उम्मेदवारी दर्ता समय वैशाख ११ र १२ गते

279

साझाट्युव : चैत ४,काठमाडौं ।

स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता मिति तोकिएको छ । शुक्रबार निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि समय २ दिन छुट्याइएको छ ।

त्यस्तै,उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने भएको छ ।

यदि उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा १६ गते समय दिइनेछ । साथै,त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने भएको छ ।

वैशाख ३० मा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने त्यसको ठिक ४८ घण्टाअघि ( वैशाख २७ गते) मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।

 

LEAVE A REPLY