साझट्युब : २४ जेठ, काठमाडौं ।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट कुनै पनि त्यस्तो स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना प्रहरी वृत्त थानकोटले पक्राउ गरेका छन् ।
नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ सहित अरु चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरी वृत्त थानकोटले नागढुंगा नाकादेखि उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेका हुन् ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको दुई वटा बोराभित्र लुकाएर ल्याइरहेको अवस्थामा नगद बरामद गरिएको प्रहरीले जानकारी दिएका हुन् ।