साझाट्युव : वैशाख २७ , काठमाडौँ ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मंगलबार बिहान मृत अवस्थामा भेटिएकी छिन् । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनि एसियाली खेलकुदको तयारीमा रहेकी थिइन्।
ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जनाए अनुसार सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएको हो।
प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी शाहले जनाए । हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन ।