स्वास्थ्य र कोरोना बीमालाइ निरन्तरता दिन योगेश भट्टराईको माग

226

साझाट्युव : २२ साउन,काठमाडौं ।

आजको संसद बैठकको विशेष समयमा नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले बोल्दै स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन माग गरेका हुन् ।

उनले भने स्वास्थ्य बीमाको दायरा फराकिलो हुनुपर्ने र बीमा रकम बढाएर ६ लाख पुर्‍याउनुपर्ने समेत उनले बताए । ‘बीमा रकम बढाउनका लागि ध्यानाकर्षण गराउन चाहान्छु ।

स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा सन्चालन गर्नको लागि संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा समेत कार्यान्वयन नहुँदा लाखौं मानिसहरु यसको सुविधादेखि बन्चित रहेको उनले भने ।

भट्टराईले संसद बैठकमा भने, ‘सरकारले यसलाई व्यवसायिक बीमाको रुपमा बुझेको छ । तर यो व्यवसायिक बीमा होइन, सामाजिक सुरक्षाको स्वास्थ्य बीमा हो । यसलाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमालाई पूर्ववत स्थितिमा अगाडि बढाउन ध्यानाकर्षण गराउन पनि चाहान्छु ।’

६ अर्बभन्दा धेरै कोरोना बीमा रकम भुक्तानी गर्नको लागि आनाकानी भएको भन्दै उनले सरकारलाइ ध्यानाकर्षण समेत गराए ।

उनले गंगालाल अस्पतालदेखि ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका एक चिकित्सकलाई थप तीन वर्ष जागिर खुवाउने उद्देश्यले नियमावली संशोधन गरेर उमेर हद ६३ वर्ष पुर्याइएको भनेर आक्रोश पनि व्यक्त गरेका छन् ।

भट्टराईले भने बरु उनको नागरिकता ४० वर्षको बनाइदिए उनले अझै थप २० वर्षसम्म जागिर खान पाउने थिए भनेर व्यंग्यपनि गरे ।

 

LEAVE A REPLY